लौरो अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा

काठमाडौं । स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ । बिहीबार सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो ।

 

 

 

 

जसअनुसार काठमाडौं –५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं –८ मा सुमन सायमी र काठमाडौं –९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ ।

 

 

 

भक्तपुर –२ मा दरोस्तभ लोकेन्द्र, कास्की –२ मा सिरीष गुरुङ, रौतहट–१ मा राहुल मिश्र, रुपन्देही –५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।