काँग्रेस बाजुराले प्रतिनिधि सभामा ७ जनाको नाम सिफारिस,सहमहामन्त्रीदेखि पूर्वमन्त्री र सुशासन विद अंगराज तिमिल्सिनासम्म

काठमाडौं । बाजुराको नेपाली कांग्रेस जिल्ला कार्य समितिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र महान्यायाधिवक्ता खम्बबहादुर खातीसहित ७ जनाको नाम सिफारिस गरेको छ ।

 

 

सात जनाको सूचीमा विकास तथा सुशासन विद अंगराज तिमिल्सिनासमेत छन् ।

 

 

सिफारिस परेका अन्यमा कांग्रेस जिल्ला सभापति रामसिंह रावल, पूर्वमन्त्री जनकराज गिरी तथा पूर्व जिल्ला सभापतिद्वय कविराज पण्डित र मन बहादुर रावल छन्।

 

 

 

उम्मेदवारको आकांक्षा राख्ने सबैको नाम पठाउने सल्लाह भएअनुसार आवेदन दिएका सबैको नाम जिल्ला समितिले शनिबार प्रदेश समितिमा पठाएको कांग्रेसका सहमहामन्त्री पाण्डेले जानकारी दिए।