साताको पहिलो कारोबार शेयर बजारमा ६ अंकको वृद्धि

काठमाडौं। साताको पहिलो कारोबार नेप्से परिसूचकमा सामान्य सुधार भएको छ।

 

 

आइतबार नेप्से परिसूचक ६.६८ अंक बढेर १९७७.३० बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ।

 

 

 

आइतबार कारोबारमा आएका २२७ कम्पनीको २८ लाख ७६ हजार कित्ता शेयर १ अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

 

 

 

 

नेप्सेका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ।

 

 

 

 

जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक १.८५ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ।

 

 

 

आइतवार रुरु जलविद्युत परियोजनाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको ८ प्रतिशतभन्दा बढी बढेको छ।

 

 

 

 

यता सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन करिब ३ प्रतिशत घटेको छ। आइतबार रिडी पावर ८ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।