अष्ट्रेलियन क्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टरमा नियुक्त

काठमाडौं । नेपाल टी-२० लिगको मेन्टरका रुपमा अष्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नियुक्त भएका छन् । नेपाल टी-२० लिगले लीलाई शुक्रबार पत्रकार सम्मेलन गर्दै मेन्टरमा नियुक्त गरेको जनाएको हो ।

 

 

 

 

ली बिहीबार साँझ नेपाल आइपुगेका थिए । पत्रकार सम्मेलनमा बोल्दै लीले नेपालको क्रिकेट क्रेज र पाहुनाला सत्कार गर्ने पक्ष मन पराएको बताएका हुन् ।

 

 

 

पहिलो संस्करणको नेपाल टी–२० लिग ८ असोजदेखि ५ कात्तिकसम्म आयोजना हुँदैछ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

 

 

सहभागि टोलीमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेडले रहेका छन् ।

 

 

 

लिगका लागि खेलाडी छनोट गर्न क्यानले अनलाइन दर्ता खुलाउँदा एक हजार भन्दा बढी खेलाडीले दर्ता गराएका थिए ।

 

 

लिगमा नेपाली खेलाडीले तीन श्रेणीका आधारमा तलब पाउने छन् । पहिलो श्रेणीका खेलाडीलाई १५ लाख, दोस्रोलाई १० र तेस्रोलाई ५ लाख दिने बताइएको छ।