देशभर थप १५२ जनामा कोरोना संक्रमण पुष्टि,२ जनाको मृत्यु

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

एक हजार १८६ पीसीआर परीक्षणमा ११० जना र दुई हजार १०८ एन्टिजेन परीक्षणमा ४२ जना गरी १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

त्यस्तै १३३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ।

 

 

 

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ४४८ रहेको छ ।