आज दिउँसो यी दुई प्रदेशमा भारी वर्षाको संभावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ।

 

 

 

हाल मौसमको अवस्था देशभर सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम, गण्डकी प्रदेश का एकदुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ।

 

 

 

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।

 

 

 

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

यस्तो छ आगामी २४ घण्टामा महाशाखाले दिएको चेतावनी तथा परामर्श

 

 

देशका पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

 

 

 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र सो को कारणले पहाडी तथा भिरालो जमिनमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।