मुक्तिनाथ विकास बैंक गल्याङ् शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं। मुक्तिनाथ विकास बैंक गल्याङ् शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

 

बैंकको शाखा अन्र्तगत गठित महिला सदस्यहरुको सहभागितामा गल्याङ्स्थित मगर भवनमा वित्तीय सारक्षता कार्यक्रम सम्पन्न भएको हो ।

 

वित्तीय साक्षरता कार्यक्रममा बोल्दै गल्याङ् नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराई मुक्तिनाथ विकास बैंकले लघुवित्त मार्फत आर्थिक क्रान्तिमा महत्वपूर्ण टेवा पु¥याएको बताए ।

 

लगानी अनुसारको प्रतिफल पाउन महिलाहरुले स्वरोजगारका क्षेत्रमा काम केन्द्रित गर्नुपर्ने उनले बताए ।

बैंकका क्षेत्रिय तथा उप–क्षेत्रिय कार्यालय समन्वय प्रमुख बाबुराम ढकाल, गल्याङ् नगरपालिका वडा नं.३ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले महिलाका नाउमा लिने ऋण पुरुषहरुले अन्तै खर्च गर्दा लघुवित्त क्षेत्रमा समस्या आएको सुनाए ।

उनीहरुले महिलाका नाउमा लिएको ऋण महिलाहरुकै अगुवाईमा लगानी गर्नुपर्ने आवश्यकता औल्याए ।

 

बैंकका शेयर सदस्य नबिन ढकाल र अनुगमन अधिकृत बालकृष्ण रेग्मीले लघुवित्त मार्फत बैंकले प्रबाह गरेको सेवाका बारेमा बोलेका थिए । उनीहरुले लगानीलाई आयआर्जनका क्षेत्रमा लगानी गर्न महिला सदस्यहरुलाई सुझाए ।

 

बैंकले महिला स्वरोजगारका लागि प्राथमिकतामा राखेर लगानी गरेपनि अपेक्षाकृत नतिजा नआएकोमा चिन्ता व्यक्त गर्दै ऋण लिने समयमा महिलाहरु सक्रिय भएपनि प्रतिफल दिने सबालमा अल्छी बनेको बताए ।

लिएको ऋणको प्रतिफल दिन महिला सदस्यहरु सक्रिय बन्नुपर्नेमा उनीहरुले जोड दिए ।

 

 

कार्यक्रममा मुक्तिाथ कृषि कम्पनीका विपिन कार्कीले मुक्तिनाथ कृषि कम्पनीले प्रबाह गर्ने सेवाका बारेमा बोलेका थिए ।

कृषि क्षेत्रमा लगानी गर्न आर्थिक अभाब भएमा जोसुकैलाई बैंकले लगानी गर्ने जानकारी दिए ।

 

बैंकको शाखा अन्र्तगत गठित महिला समूह सदस्य प्रतिमा भट्टराईको अध्यक्षमा सम्पन्न वित्तीय साक्षरता कार्यक्रमको संचालन हरि बश्यालले गरेका थिए भने स्वागत तथा शाखाको प्रतिवेदन अञ्जु श्रेष्ठले प्रस्तुत गरेकी थिईन् ।

 

गल्याङ् नगरपालिका र आसपासका क्षेत्रमा सेवा प्रबाह गरेको बैंकले समूहमा आबद्ध महिला सदस्यलाई करिब १२ करोड ऋण लगानी गरेको छ ।

 

बैैंकले १ सय ५३ महिला समूहमा आबद्ध झण्डै २ हजार सदस्यहरुलाई ऋण लगानी गरेर महिलाहरुलाई स्वरोजगारमा आबद्ध बनाएको छ ।