एएफसी यू-२० एसियन कप: आज नेपालले घरेलु टोली बहराइनको सामना गर्दै

काठमाडौं । एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज बुधबार तेस्रो खेल खेल्दैछ ।

बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले तेस्रो खेलमा घरेलु टोली बहराइनको सामना गर्नेछ । नेपाल र बहराइनबीचको खेल राति ११:४५ बजे सुरु हुनेछ ।

बहराइनविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । किनकि नेपालले लगातार दुई खेलमा हार व्यहोरिसकेको छ ।

पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो ।

समूह बीु मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपालले दुई खेल खेलिसकेको छ ।

बहराइन पनि पहिलो जितको खोजीमा रहेको छ । बहराइन १ खेलमा १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

बहराइनपछि नेपालले आगामी आइतबार बगलादेशसँग खेल्नेछ ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।