बंगलादेशविरुद्धको पहिलो हाफमा नेपालको ३ गोल

काठमाडौं ।नेपालले घरेलु मैदानमा बंगलादेशविरुद्धको मैत्रिपूर्ण फुटबल खेलमा पहिलो हाफमा ३ गोल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा नै अञ्जनले ३ गोल गरेका हुन् ।

अञ्जनले खेलको १८औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले बिमल घर्ती मगरको फ्रिकिकमा हेडमार्फत गोल गरेका हुन् । त्यसको ठीक अघि बगंलादेशका कप्तान जमल भुयानको प्रहार बारमा लागेर फर्किएको थियो ।

२७औं मिनेटमा उनले नै दोस्रो गोल गरे । तेज तामाङको प्रहार बंगलादेशी गोलकिपर अनिसुर रहमानले बञ्च गरेका थिए । तर रिबाउन्ड बलमा अञ्जनले गोल गरे ।

खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे ।