बंगलादेशविरुद्धको खेलमा नेपालको जित

काठमाडौं ।नेपालले घरेलु मैदानमा बंगलादेशविरुद्धको मैत्रिपूर्ण फुटबल खेलमा  ३- १ गोल अन्तरले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे नेपाल र बंगलादेशबीचको मैत्रिपूर्ण फुटबल खेलमा नेपालले ३-१ गोल अन्तरले पराजित गरेकाे हाे।  

अञ्जनले खेलको १८औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले बिमल घर्ती मगरको फ्रिकिकमा हेडमार्फत गोल गरेका हुन् । त्यसको ठीक अघि बगंलादेशका कप्तान जमल भुयानको प्रहार बारमा लागेर फर्किएको थियो ।

२७औं मिनेटमा उनले नै दोस्रो गोल गरे । तेज तामाङको प्रहार बंगलादेशी गोलकिपर अनिसुर रहमानले बञ्च गरेका थिए । तर रिबाउन्ड बलमा अञ्जनले गोल गरे ।

खेलको ३८औं मिनेटमा विशाल राईको फ्रिकिकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे।

खेलको ५५ औं मिनेटमा सजाद होसेनले गोल गर्दै बंगलादेशलाई ३-१ को स्थितिमा ल्याए । रोहित चन्दलाई बिट गर्दै रकिब होसेनले उपलब्ध गराएको क्रसमा सजादले हेडमार्फत गोल गरे ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र नेपाल ३-१ ले विजयी भयो ।नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो ।