बारामा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिए

सांकेतिक तस्वीर

काठमाडौं । बारामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् ।२५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

एकै परिवारका तीन जना मृत भेटिएका छन्, प्रहरी टोली पुगिसकेको छ ।उनले भने ‘म पनि घटना स्थलमा पुग्दैछु ।प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको छ ।

ढोरा खोला किनार तीन जनाको शव फेला परेको जानकारी दिउँसो साढे २ बजेतिर आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले बताएकाे छ।