बाजुरा प्रदेश(क)बाट एमालेका बागी उम्मेदवारी फिर्ता,सत्तागठबन्धन समाजवादीको उम्मेदवारी यथावत

काठमाडौं।बाजुरा जिल्लामा नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले प्रदेश सभा निर्बाचन क्षेत्र (क) बाट स्वतन्त्र उम्मेदवारी फेर्ता लिएका छन । निर्वाचन कार्यालयका अनुसार सहदेव बोगटीले मात्र उम्मेदवारी फेर्ता लिएको जनाएको छ।

एमालेका अनुसार सहदेव बोगटी र रंगमान शाही दुबै जनाले उम्मेदवारी फेर्ता लिइसकेको जनाएको छ । केन्द्रीय सदस्य बोगटी र शाहीले नेकपा एमालेबाट टिकट नपाएपछी प्रदेशसभा निर्बाचन क्षेत्र (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले देशभरका निर्वाचन क्षेत्रमा पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी दिनेको उम्मेदवार फिर्ता लिएको पत्र  लेखेर जनाएकाे छ।

समाजवादीले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेशसभाका २२ स्थानको उम्मेदवारी फिर्ता लिएको पत्र लेखेर जनाएकाे छ।

त्यस्तै सत्तागठबन्धन एकीकृत समाजवादी पार्टीले बाजुराको प्रदेश (क) का उम्मेदवार नरेश बहादुर शाहीको उम्मेदवारी फिर्ता गरेकाे साे पत्रमा उल्लेख गरिएकाे छनै।

  आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हाम्रो पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएका तपशिल बमोजिम निर्वाचन क्षेत्रहरुबाट उम्मेदवारहरूको उम्मेदवारी फिर्ता भएकाे सूचना जारी गरेकाे भए पनि बाजुराकाे हकमा भने त्याे लागु भएकाे छैन।साे पत्रमा पार्टीका अध्यक्ष माधव नेपालद्वारा हस्ताक्षरि गरिएकाे छ। 

समाजवादीका बागी उम्मेदवारी फिर्ता लिनेको नामावलीः