क्रान्तिकारी माओवादीका सल्लाहकार समितिका अध्यक्ष तथा मानवशास्त्री ओम गुरुङको निधन

काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी)का सल्लाहकार समितिका अध्यक्ष डा.ओम गुरुङको निधन भएको छ । अध्यक्ष गुरुङको मृगौलाले काम गर्न छाडेकाले निधन भएको अस्पतालले जनाएको छ।

 हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षे गुरुङको सोमबार निधन भएको हो ।डा.गुरुङ  नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका थिए।

उनी त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहेका बेला नेपालको सामाजिक समावेशीकरण सम्बन्धी विस्तृत किताब सोसल इन्क्लुजन एटलस अफ नेपाल सार्वजनिक भएको थियो ।

विदेशमा रहेका सन्तानहरु नआइपुगुन्जेल गुरुङको शव पाटन अस्पतालमा राखिने निकटस्थले जानकारी दिएका छन् ।