बाजुरा सधैँ मानव सुचकाङ्कको पुच्छरमै किन ? जिम्मेवार को ? 

यमराज तिमिल्सिना-

यो वर्षको दशैँ पनि आयो, गयो । तिहार लाग्यो त्यसरी नै जाला । दशैँ र तिहारभन्दा पनि ठूलो चाड मङ्सिर ४ गते चुनाव हुँदैछ जसले आगामी पाँच वर्षका लागि तमामजनको भाग्यको फैसला गर्नेछ ।

चुनाव लागिसकेको छ त्यसैले अब धानबाली भित्र्याउनै लाग्दा वर्षाले सखाप पारेको कुरा, घरखेत बगाएर गाउँ नै विस्थापित हुनुपरेको कुरा, बाटाघाटा, पुलपुलेसाहरू जोड्ने कुरा, दशकदेखि बल्देको पहिरोबाट सास्ति व्यहोर्नु परेको कुरा, मार्तडी कोल्टी सडकखण्डको कुरा अझ जसोतसो दशैं सकियो तिहारलाइ पुग्ने नपुग्ने डिपोमा चामल नभएका कुरा लगायत केहि नगराैँ ।

बाजुराका समस्या जिउँका तिहुँ छन्, रोग, भोग र शोकका कुरा नगराैँ किनभने चुनाव लाग्यो प्रतिस्प्रधि अनुहार पुरानैछन् । हामीभन्दा बढी यथार्थ उम्मेद्वारलाई नै अवगत छ । सधैंको रिपोर्टमा बाजुरा मानव सुचकाङ्कको पुच्छरमै रहन्छ अहिले पनि पुच्छरमै छ । सधैं पुच्छरमै रहनु मुख्य दोष राजनीति दलहरूको हो नै सँगै तपाईं हामी सबै राजनीति दलहरू भन्दा पनि कम छैनौँ । दोष हाम्रो पनि उत्तिकै देखिन्छ । 

तितो सत्य के हो भने हाम्रो जस्तो सामाजिक, राजनैतिक, भौगोलिक, शैक्षिक धरातल भएको समाजमा खास त्यस्तो भिजनरी ब्यक्ति जन्मिनु नै चुनौतिको विषय छ । फेरि त्यस्तो कुनै व्यक्ति जन्मेर राजनीतिमा होमिहाल्यो भने पनि चुनावमा टिकट पाउँन गाह्रो छ ।

टिकट पाइहाल्यो भने पनि जीत्न गाह्रो छ जिते हाले पनि आफ्नो योजना अनुसार काम गर्न झनै अफ्ठ्यारो छ किनभने हरेक तह र तप्कामा स्वार्थीहरूका झुण्डहरूको बोलवाला छ । फेरि त्यस्ता व्यक्तिलाई समयमै चिन्न झनै चुनौतिको विषय छ । त्यसैको सेरोफेरोमा रहेर गाउँघरको बसाइँमा  जे देखियो त्यसैको चर्चा गरौं । 

जिल्लाको विकास निर्माण र हितका लागि एकमत छाैँ भनेर बेलामाैकामा जिल्लादेखि राजधानीसम्म संयुक्त रूपमा बसेर छलफल, कुराकानी गरिरहने नेताहरू विकासका लागि एक भएका रहेछन् भन्ने आभाष आजसम्म कहिँ कतै देखाएका छैनन् । बरू काम सुरू भएपछि नेतापिच्छे जस लिने होडबाजी चाहिँ बेलामौकामा नदेखिने होइनन् ।

एउटा पार्टीको नेताले कुनै काम गर्न खोज्दा अर्को पार्टीका नेताकार्यकर्ताले फिटिक्कै सहयोग गर्दैनन् (अपवाद बाहेक) । बरू तल्लो तहका नेताकार्यकर्तालाई उचालेर भाँजो हाल्ने काम भने गरेका हुन्छन् । मतलब आफू इतरले गरेको काम सफल भयो भने चुनावी नारा नै पाइँदैन कि भन्ने चिन्ता भएको देखिन्छ । तरनेताकार्यकर्ताले यस्ता कुराहरू स्वीकार भने गर्दैनन् ।

राष्ट्रकै रोगमा रहेको राजनीतिमा अपराधिकरण र व्यापारीकरण बाजुराले पनि झेलिरहेको छ भन्दा अनुपयुक्त नहोला । त्यो के हो भने जबसम्म बाजुरेली जनताले राजनीतिको नाममा हाेस् या गैरराजनीतिका नाममा कमाइ गरेर जीवन चलाइरहेकाहरूलाई जबसम्म राम्ररी चिन्दैनन् तबसम्म राज्यको संरचनाभित्र पर्ने विकास निर्माणका काम बाहेक बाजुराको विकास हुँने संभावना देखिदैन ।

त्यसको मतलब विकास निर्माण हुँदै नभएका होइनन् हाम्रो जस्ता दूर्गम जिल्लाको हकमा हुनपर्ने जति विकास चाहिँ नभएकै हो । अधिकृत वा सो सरहको जागिर खाइरहेको व्यक्तिलाई तिनचार जना पाल्न मुस्किल भइरहेको समयमा जिल्लामा र जिल्ला बाहिर जिल्लाको नाममा राजनीति गरिरहेका अधिकाँस नेताकार्यकर्ताहरूको आयआर्जनउपार्जन हुँने कुनै व्यापार, व्यवसाय छन त आम्दानीका कुनै स्रोत नै देखिन्छन् । तर पनि उनिहरू सान्दारपूर्ण तरिकाले जिइरहेका छन् । छोराछोरी शहर, बजारका राम्रै नाम चलेका प्राइभेट स्कूल, कलेजमा पढाइरहेकाछन् ।

गाडी होइन हवाइजबाट हिँडडुल गरिरहेका छन् । शहर, बजारतिर घरघडेरी समेत जोडेकाछन् । को कसरी जिन्दगी चलाउँछ त्यो व्यक्तिको नितान्त निजी कुरा भए तापनि समाजको सेवा गर्ने भनि राजनीति गर्दै हिँडेका व्यक्तिको जीवनशैलीका बारेमा जनताले थाहा पाउँनुपर्छ ।

यस्ता कुराको वास्ता नगरेर जेजस्तो गरे पनि मैले भोट हाल्ने पार्टी भनेर बचाउ गर्न खोज्नु स्वयम् मतदाताको नै ठूलो कमजाेरी हो । राजनीति गरेर आफ्नो पूर्ख्योली सम्पति सक्काएका नेताकार्यकर्ता नभएका होइनन् । तर ती भन्दा बढी राजनीति गरेर सम्पति जोडेका/कमाएका नेताकार्यकर्ताहरू चुरिफुरी बढी नै देखिन्छ । 

अर्को कुरा गाउँघरमै जनतासँग बसेर आफ्नो आस्थावान पार्टीको संगठन विस्तार गरेकाहरूलाई  चुनावका बेला पाखा लगाउँने गरिन्छ । केन्द्रमा बिहान बेलुका नेताका चुलोचौकामा पुगिरहने, चुनावका बेलामात्रै गाउँको आँगन टेक्ने, अझ छोराछोरीलाई त गाउँघरको नाकमुख नै नदेखाउँने त्यस्ता व्यक्तिलाई टिकट दिनाले पनि आए आँप गए झटारो हुने हुँदा त्यस्ता प्रतिनिधीबाट समाजको बारेमा खासै चिन्ता र चासो नभएको पनि देखिन्छ ।

यसको मतलव केन्द्रमा बसेकाहरूको विरोध होइन कि तल्ला तह अर्थात वडासम्म तिनीहरुमा चासो नरहेको जनगुनासाहरू गाउँघरतिर सुनिन आउँछन् । जनताले जुनसुकै ठाउँमा बसोबास गरे तापनि आफ्ना योग्यता र क्षमताले भ्याएसम्म सम्बन्धित वडासम्मका आवश्यकतालाई पनि हेर्ने बानी होस् भन्ने चाहिरहेकाछन् ।

जिल्लामा रोचक कुरा त के पनि देखिन्छ भने मतदाताहरूका कुरा नगरौँ राजनीतिक दलका प्रतिनीधीहरू नै छोराछोरी/बुहारी/भाइभतिजालाई इतर पक्षले जागिर लगाइदिने आश्वासन दिएभने आफै पदाधिकारी रहेको आफ्नै दललाई पनि मत नदिएका भेटिन्छन् ।

म मेरो पार्टीको जिम्मेवार व्यक्ती हुँ भन्नेहरू नै विपक्षीसँग मिलेर आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न लाग्दछन् भने  त्यस्ता नेताकार्यकर्ताबाट नागरिकले आश राख्नु झन बेकार मात्र हो । (अर्को दलका प्रतिनीधीसँग व्यक्तिगत सम्बन्ध त हुँने भयो तर राजनीति गर्ने व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्न आफ्नै दलका प्रतिनीधीलाई घात गर्नु अराजननीतिक चरित्र हो।) अझ सबैभन्दा खतरानाक भयंकर घृणित कार्य स्थानिय तहका जनप्रतिनीधीबाट हुँदै आएको देखिन्छ ।

स्थानिय तहमा जुन पार्टीले प्रतिनीधीत्व गरेकाभएपनि उनीहरूले आफ्नै घरपरिवारका व्यक्तिलाइ मात्रै समेटेका देखिन्छन् । राम्रोभन्दा हाम्रोलाइ बढी प्राथमिकतामा पारेका देखिन्छन् । घरपरिवारभित्र नभएसी आफन्तइष्टमित्र कताछन् खोजेर पार्टी प्रवेश गराएर भएपनि काम दिने गरेकाछन् ।

इस्टमित्रनातागोता पर्ने व्यक्ती नभेटिएपछि मात्रै निकट पार्टीको मान्छेलाई काम दिएकाछन् । आयोग उत्तीर्ण गरेर मन्त्रालयले पठाएका कर्मचारीलाई समेत स्थानिय जनप्रतिनीधीले फर्काउने काम गरिरहेकाछन् ।

उपभोक्ता समितिको अध्यक्षदेखि स्थानिय तहका कर्मचारी र ठेक्कापट्टा लिने सम्मका व्यक्ति स्थानिय तह प्रमूखकै घरभित्रका सदस्य छन् । कतिपय स्थानिय तहमा त जित्ने र हार्ने मिलिजुली काम देखाए जस्तो गरेर लुट्ने काम गरेका छन् ।

अझ कोरोना परेका व्यक्तिलाई राहत स्वरुप दिएको रकम समेत जनप्रतिनिधि मिलेर गैर लाग्दै नलागेका व्यक्तिका नाम सिफारिस गरेर आफ्नो खर्च चलाएका छन् ।

यसरी हेर्दा वडादेखि केन्द्रसम्म आफन्त भर्ती केन्द्र बनेकाछन् । हरेक ठाउँमा पढेलेखेका व्यक्ति भएरमात्रै हुँदैन सुझबुझ व्यक्तिहरूको पनि आवश्यकता पर्दछ भन्ने कुराको ख्याल राखेको पाइदैन । नेतृत्व गर्नेहरूका यस्तै आचरणआनिबानी र गतिविधीले यो व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा हुदै गइरहेको छ ।

देश विकासकालागि दलहरूका घोषणापत्र भन्दा बढी दूरदर्शी र जिवपोलिटिकल रूपमा धेरै अगाडी भएतापनि राणापञ्चायत र राजतन्त्रको अवसान यस्तै आचरणले हुनपुगेको हो भन्ने कुरा जनप्रतिनीधिले बुझ्न जरूरी देखिन्छ ।

जिल्लाभित्र वा स्थानिय तहमा कर्मचारीहरू पनि दल निकट भएर मात्रै काम गरेका देखिन्छन् । अझ जिल्लाबासी कर्मचारीहरू त कार्यालयमा हाजिर गर्ने र बाँकी समय पार्टीको बैठकपार्टी कार्यालयमा नै बिताउँने गरेका देखिन्छन् । जुन कुराको सुसूचित गराउँनुपर्ने पत्रकारहरू दल निकट भएकै कारण इतर पक्षले थाहा पाएपछि मात्र हो नत्र बाहिर ल्याउँदैनन् ।

आफ्नो आस्था विपरित रहेका स्थानिय तहमा अलिकति छिसिक्क हुँने बित्तिकै ब्रेकिङ् न्यूज बनाएको बनायै गर्ने पत्रकारहरू आफू आस्थावान दलका जनप्रतिनीधीले ठूलै बिगार गरेको भए समाचार नबनाइ नहुने भएकोले घुमाउरो तरिकाले बचाउ गरेर मात्रै लेख्ने गरेको देखिन्छन् ।

समाज चेतनाका संवाहक मानिने शिक्षकहरूका कुरा नगर्दा नै राम्रो हुने छ । आफ्नै योग्यता र क्षमतामाथि प्रश्नचिन्ह खडा गर्दै लाप्चे लगाउने जनप्रतिनीधिका झोले भएर हिडेपछि सबै कुरा सकिने नै भयो ।

जिल्लामा कार्यरत एनजीओ/आइएनजिओ गैरसरकारी नामका संघसंस्थाहरूले गरिबको नाममा राजनीतिक फाइदा बढी लिइरहेकाछन् जुन कुरा जनप्रतिनीधिमा चासो रहेको पाइदैन ।

देशभरमा भएजस्तै अनेकथरि नामका बाजुरामा पनि नागरिक समाज गठन भएका बेलाबेला सुन्न पाइन्छ । आस्था विपरितका व्यक्तिले गलत गरेको भएपछि मात्र झिनो स्वरमा विरोध गरेको विज्ञप्ति निकालेको देखिन्छन् जनसवालका बारेमा पूरै बेखबर छन् भन्दा असान्दर्भिक नहोला ।

आफू निकट आस्थावान दल र व्यक्तिभन्दा तटस्थ रही स्वतन्त्र नागरिक भएर समालोचना गर्नेविचार राख्ने नागरिक समूह देशभर त भेटिदैनन् भने बाजुरामा भेटिएलान् ठान्नु स्वयम् मूर्ख हुनु बाहेक केहि छैन । नागरिक समाजपनि दलका भातृ संघसंगठन जस्तै आस्थावान दलका डम्फु बजाउँन बाहेक कुनै कामका छैनन् ।

पछिल्लो समय विश्वविद्यालयसम्म उच्चशिक्षा हाँसिल गरेकाकेहि हदसम्म राष्ट्रिय अन्तराष्ट्रिय कुरा बुझेकापढेलेखेकाअध्ययन, अनुसन्धानमा रहेका बिभिन्न विधाज्ञान,विज्ञान प्रविधिसँग नजिक रहेका युवा विद्यार्थीहरू राजनीतिमा आउँनुपर्छ भन्नेहरूको आवाज राजधानीदेखि ग्रामिण भेगसम्म उठेकाछन् ।

यो कुरामा बाजुरापनि अछुतो छैन । तर जो युवा विद्यार्थीहरू राजनीतिक दलमा प्रत्यक्ष क्रियाशिल छन् तिनीहरूका गतिविधि हेर्दा आफैमा अराजनीतिक चरित्रका देखिन्छन् । तिनले पनि दल र गुट बाहेक अरूलाइ देख्दै दैख्दैनन् । आमनागरिकका नजरबाट हेर्दा स्वविवेक प्रयोग गर्नुभन्दा दल र दलभित्रका सिमित व्यक्ति र गुटका पक्षपोषण मात्रै गरेका देखिन्छन् ।

दलहरूमा गुट उपगुट हुँनु लोकतन्त्रको सुन्दर पक्ष भए तापनि आफू निकट दल र व्यक्तिले गरेका गलत कार्यहरू पनि सत्य हुन् भनि लागिपर्नु, सही र गलत निरपेक्ष रूपले छुट्याउन नसक्नु युवा र लोकतन्त्रको सुन्दर पक्ष हुनसक्दैन । व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर हेर्ला भन्ने पछिल्लो पुस्तापनि देखिदैन ।

त्यसैले बाजुरा अझैँ पछाडी नै परिरहनेछ किनभने गरिब जनताका नाममा राजनीति गरेर आफ्नो फाइदा लिनु बाहेक अधिकांश नेताकार्यकर्ताहरूको अरू कुनै उद्देश्य रहेको देखिदैन ।

सडक, बाटो त बनेका छन् तर मान्छेको अर्थिक चलायमानता बढेको छैन । पुलपुलेसा बनेका छन्, तर समुदाय जोडिएका छैनन् । स्कुलक्याम्पस थपिए भवन बने तर गुणस्तरीय शिक्षा छैन ।

स्वास्थ्य चौकीअस्पताल त बने तर गुणस्तरीय औषौधोपचार र औसत आयु बढेको छैन । केहि होटल रेस्टुरेन्ट त खुलेका छन् तर पर्यटन उद्योग फस्टाएका छैनन् । प्रहरी चौकी स्थापना त भएकाछन्, तर हिँशा घटेका छैनन्नागरिकले सुरक्षीत महसुस गर्न पाएका छैनन् ।

प्रत्येक स्थानीय तहसम्म न्याय निरुपण गर्ने निकाय छन् तर निर्धाले न्याय पाएका छैनन् । दलीय व्यवस्था भएको ठाउँमा एकजना व्यक्तिले चाहेर पनि परिवर्तन गर्न सक्दैन तर त्यही एक न एक जनाबाट सुरुवात त गर्नैपर्छ भन्ने कुरा बेवास्ता गरेको देखिन्छ ( दलबाट विजेता हुनाले कुनै काम थाल्दा आफ्नो कारणले पार्टीलाई घाटा हुन्छ भन्ने पनि हुनसक्छ) !

राणाकाल कालदेखि पञ्चायत हुँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था फेरियो तर जनताको अवस्था हेर्ने हो भने उन इसको बीस मात्र छ भन्दा अन्यथा नहोला । विकास देखिने कुरा होइन महसुस गर्ने कुरा पो हो त भन्ने कुरा खास गरि हाम्रा नेतालाई कसले बुझाइदिने !

पछिल्लो समय राष्ट्रका हरेक निर्णय हुने केन्द्रीय स्तरमा बाजुराको उपस्थिति पनि अरु जिल्लाकै सोसरह देखिन्छ । राज्यस्तरमा बाजुराका कुनै न कुनै व्यक्तिले नेतृत्व गरिरहेकै देखिन्छन् ।

राजनीति दलमा आबद्ध व्यक्तिहरु आआफ्नो दलमा निर्णायक भूमिकामा रहेकैछन् भने दलका भातृभगिनी संघसङ्गठनतिर पनि केन्द्रीय भूमिका निर्वाह गरिरहेकै छन् ।

कम पहुँच भएको प्रशासन क्षेत्रतिर पनि उच्च पदस्थ कर्मचारीहरुको संख्या बढ्दो छ । सरकारी/गैरसरकारी संघसंस्थाराष्ट्रियअन्तर्राष्ट्रिय एनजिओ आइएनजिओ तिर पनि बाजुराका व्यक्तिहरुले नेतृत्व गरिरहेकै छन् ।

तर पनि बाजुरा पिछडिएकोभोगमरीगरिबीअशिक्षाबेरोजगार आदि इत्यादि मानव सुचकाङ्कको संकटग्रस्त जिल्लाबाट माथी उठ्न भने सकिरहेको छैन ।

व्यक्ति शिक्षितसक्षम र पहुँच भएर मात्र पनि नहुँदो रहेछ । सम्बन्धित क्षेत्रमा कार्यरत व्यक्तिमा आफ्नो ठाँउको लागि केही गर्नुपर्छ भन्ने दृढ इच्छाशक्ति पनि हुनुपर्ने रहेछ भन्ने कुराको अभाव देखिन्छ ।

सरसर्ती हेर्ने हो भने जिल्लाका लागि आश भरोसा गर्न मिल्ने राजनीति र गैरराजनीतिकका हरेक क्षेत्रमा विशिष्ट योग्यताक्षमता हाँसिल गरेका थुप्रै व्यक्तित्वहरु छन् ।

तिनीहरुले चाह्यो भने आआफ्नो तर्फबाट आफ्नो ठाउँका लागि गर्न नसक्ने पनि देखिदैनन् । तितो सत्य उनीहरुका व्यवहारबाट के देखिन्छ भने व्यक्ति शिक्षितयोग्यक्षमतावानजानेबुझेको र पहुँच भएको भएर मात्र हुँदैन त्यसको लागि स्वयम् उसको इच्छाशक्तिमा भरपर्छ भन्ने कुरा छर्लङ्ग देखिन्छ…. ?