देउराली र गतिशिल सहकारीबीच मर्जर,सहकारी क्षेत्रमा आर्थिक क्रान्ति ल्याउने दाबी

काठमाडौं। ललितपुरको सातदोबाटोस्थित देउराली र गतिशिल सहकारीबीच मर्जर भएको छ। सो सहकारी मर्जर भएसँगै आगामी दिनहरूमा सहकारी क्षेत्रमा आर्थिक क्रान्ति सृर्जना गर्ने बताएका छन्।

केही समय अगाडी विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमा नै सुरु भएको आर्थिक मन्दीका कारण नेपाल पनि त्यसबाट अछुतो बन्न सकेन ।

नेपालजस्तो भूपरिवेष्ठित अल्पविकसित मुलुकमा कोरोना भाइरसले आर्थिक क्षेत्रमा ठूलै क्षति पु¥यायो । नेपालको समग्र वित्तिय क्षेत्रलाई हेर्ने हो भने कोरोना भाइरसका कारण झण्डै दुई वर्ष यसले नराम्ररी गाल्यो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण बैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीहरुले त्यो समय रोजगारीसमेत गुमाउनुपर्ने अवस्था सिर्जना भएका कारणले त्यहाँबाट आउने रेमिट्यान्समा कमी आयो भने देशभित्रको प्रत्यक्ष रुपमा आर्थिक चलखेल हुने उद्योग, कलकारखाना, घरजग्गा कारोबार, निर्माण कार्य झण्डै डेढ वर्ष निष्क्रिय बन्दा नेपालको समग्र बित्तिय क्षेत्रमा आर्थिक तरलता छायो ।

जसको फलस्वरुप काठमाडौं उपत्यकालगायत देशका झण्डै ६० प्रतिशत जनताले प्रत्यक्ष आर्थिक कारोबार गर्ने क्षेत्र सहकारीलाई नराम्ररी प्रभाव पा¥यो ।

बचतकर्ताहरुबाट संकलित रकम सहकारीहरुले घरजग्गा तथा विभिन्न उद्योग क्षेत्रमा लगानी गरेका भए पनि आर्थिक तरलताका कारण केही समय सहकारीले आर्थिक मार खेप्न बाध्य हुनुप¥यो । अझै केही समय वित्तिय क्षेत्रमा आर्थिक तरलता कायमै रहने विज्ञहरुले बताउने गरेका छन् ।

सोही क्रममा ललितपुर सातदोबाटोस्थित केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्था पनि आर्थिक तरलताबाट अछुतो रहन सकेन ।

हाल सो सहकारीको केन्द्रीय कार्यालय सातदोबाटो, शाखा कार्यालयहरु न्यूरोड र भक्तपुरबाट आर्थिक तरलताका बाबजुद पनि निक्षेपकर्ताहरुलाई सहजरुपमा संस्थाले तोकेको मापदण्डअनुसार सेवा उपलब्ध गराइरहेको सो संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंले बताए ।

यसैक्रममा निक्षेपकर्ताहरुको रकम सुरक्षित र तोकेकै समयमा उपलब्ध गराउने उद्देश्यका साथ देउराली बहुउद्देश्यीय सहकारी र लगनखेलस्थित गतिशिल बचत तथा ऋण सहकारी संस्थाबीच गाभिएका छन् ।

समग्र सहकारी क्षेत्रलाई विश्वासिलो, भरपर्दो सेवा सुविधासहित अगाडि बढ्ने प्रण गर्दै गाभिएका उक्त यी दुई सहकारीले हाल शेयर सदस्यहरुको अन्तरआत्मामा कुण्ठित रहेको अविश्वासको वातावरणलाई मध्यनजर गर्दै आगामी दिनमा शेयर सदस्यहरुको मनोभावनालाई आत्मसात गरेर हाल सहकारी क्षेत्रमा छाएको आर्थिक तरलताको भड्खालोबाट मुक्ति पाउने दुबै सहकारीका अध्यक्ष रविन्द्र चौलागाईं र विकाश बहादुर थापाले बताएका छन् ।

यी दुई सहकारी गाभिएपश्चात लगनखेलमा हाल संचालित गतिशिल बचत तथा ऋण सहकारी संस्थाको नाम देउराली बहुउद्देश्यीय सहकारी संस्था हुने सो संस्थाका अध्यक्ष रविन्द्र चौंलागाईंले जानकारी गराए ।

हाल केन्द्रीय कार्यालय सातदोबोटो रहेको देउराली बहुउद्देश्यीय सहकारीको अब लगनखेलसहित चारवटा शाखाबाट कारोबार हुने अध्यक्ष चौंलागाईंले बताए ।

आगामी दिनमा हाल गाभिएका देउराली बहुउद्देश्यीय सहकारी र गतिशिल बचत तथा ऋण सहकारीका शेयर सदस्यहरु सबैलाई विश्व आर्थिक संकट र सहकारी क्षेत्रमा परेको आर्थिक तरलतालाई मध्यनजर गर्दैै विगतमा जस्तै बचतकर्ताहरुको धैर्यता र सहयोग लिई हाल दुबै सहकारी मर्जर हुन सफल भएको र आगामी दिनमा पनि यसैगरी सहयोग, सद्भाव र भाइचारासहित अगाडि बढ्न मद्दत पुग्नेमा दुबै सहकारीको अध्यक्षले विश्वास व्यक्त गरेको जानकारी गराएका छन्।

दुई सहकारीको समझदारी पत्रमा भनिएको छ ‘मुलुकको समग्र वित्तिय प्रणालीको सम्वद्र्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, मुलुकको वित्तिय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तिय क्षेत्रको स्थायित्वको लागि शेयर सदस्यहरु निक्षेपकर्ताको हित संरक्षण गर्न संस्थाको वित्तिय, मानव संसाधन, प्राविधिक एवम् अन्य क्षमता अभिवृद्धि गरी आधुनिक वित्तिय सुविधा अझ प्रभावकारी ढंगले प्रदान गर्न सक्ने, तुल्याउने तथा संस्थाको पूँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यका साथ मर्जर पश्चात हुने सुदृढ पूँजीगत आधारका साथै जोखिम बहन गर्नसक्ने क्षमता अभिवृद्धिका लागि एक सवल र सक्षम संस्थाको रुपमा स्थापित भई ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ आपसमा प्रचलित कानुन बमोजिम गाम्भ र गामिन हामी सहमत भएको सम्झौता पत्रमा जनाइएको छ।

हेर्नुस् यस्ताे छ समझदारी पत्र