पत्रकार महासंघ चितवनको २० औं साधारण सभा भव्यरुपमा सम्पन्न

प्रेम प्रसाद कडेल-
चितवन ।नेपाल पत्रकार महासंघ चितवनको २० औं वार्षिक साधारण सभा महासंघ चितवनको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ।
 
नेपाल पत्रकार महासंघका चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, विशिष्ट अतिथि केन्द्रीय महासचिव रोशन पुरी , अतिथिहरुमा पत्रकार महासंघ केन्द्रीय सचिव सृजना अर्याल, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दिपक आचार्य, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी, केन्द्रीय सचिव शान्ता अधिकारी, नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश अध्यक्ष शिव देवकोटा, वाग्मती प्रदेश महासचिव कृष्ण सारु मगर, प्रदेश पुनरावेदन सुनुवाई समिति अध्यक्ष हरि प्रसाद अधिकारी, पत्रकार महासंघका संस्थापक अध्यक्ष विष्णु छिमेकी, पूर्व अध्यक्षहरू महेन्द्र श्रेष्ठ, कृष्ण गिरी, राधेश्याम खतिवडा, प्रेस युनियनका जिल्ला अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर चितवनका अध्यक्ष सूर्य पाठक, प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित, क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय सदस्य एवं चितवनका अध्यक्ष प्रेम प्रसाद कडेल, प्रेस चौतारी केन्द्रीय सदस्य चितवनका ईन्चार्ज प्रतिमा सिलवाल, प्रेस चौतारी केन्द्रीय सदस्य शिशिर सिंखडा, जनपत्रकार संगठन अध्यक्ष होमनाथ न्यौपाने, समाजवादी प्रेस संगठनका अध्यक्ष टिकादत्त तिमिल्सेना लगायतका थिए।
 
पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र प्रसाद अधिकारीले सञ्चालन गरेको कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष प्रकाश मणि ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
 
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले आसन्न निर्वाचनमा सम्पूर्ण पत्रकार महासंघका सदस्यले आफ्नो तटस्थ भूमिका निर्वाह गर्न आग्रह गर्दै कसैको दबाब र प्रभावमा पत्रकार नरहने जानकारी दिए।
 
देशमा विधिको शासन स्थापित गर्न पत्रकार महासंघ हरघडी सचेत रहेको र पत्रकारिताको गरिमा कायम गर्न कुनै पनि पत्रकार मिडिया हाउसबाट श्रमको पारिश्रमिक नपाएको खण्डमा महासंघ सदैव समस्या समाधान गर्न तत्पर रहेको बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रमका विशिष्ट अतिथि केन्द्रीय सचिव रोशन पुरीले पत्रकार महासंघ पत्रकारको पेशागत हकहित र विकासको पक्षमा रहेको बताए।
 
कार्यक्रममा बोल्दै प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले देशमा पत्रकारले यो लोकतन्त्रिक संघिय गणतन्त्रवादी व्यवस्थाको संस्थागत विकासमा योगदान दिन आग्रह गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे।
 
कार्यक्रममा प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दिपक आचार्य,जिल्ला अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीका जिल्ला अध्यक्ष सुवास पण्डित, प्रेस सेन्टर चितवनका अध्यक्ष सूर्य पाठक, क्रान्तिकारी पत्रकार महासंघका चितवन जिल्ला अध्यक्ष प्रेम प्रसाद कडेल, जनपत्रकार संगठनका जिल्ला अध्यक्ष होमनाथ न्यौपाने लगायत अतिथिहरुले बिसौं वार्षिक साधारण सभा सफलताको शुभकामना व्यक्त गरे।
 
कार्यक्रममा पत्रकार महासंघमा विभिन्न नामले स्थापित पुरस्कारहरूले पत्रकारहरु तिलक रिमाल ,लक्ष्मी ढकाल,रमेश कुमार पौडेल, शान्ता अधिकारी,दिवा भट्टराई , सुचना गुरुङ्ग, वसन्त पराजुलीलाई नगद सहित सम्मान पत्रले पुरस्कृत गरिएको थियो।
 
पत्रकार महासंघद्वारा आयोजित निबन्ध प्रतियोगितामा प्रथम हुने पत्रकार सूर्य प्रसाद अधिकारी, द्वितीय रामसरण गैरे, तृतीय सुनिल पराजुलीलाई नगद र सम्मान पत्रले पुरस्कृत गरिएको थियो।
 
कार्यक्रममा अग्रज पत्रकारहरु महेन्द्र श्रेष्ठ, दिपक आचार्य, पत्रकारहरु विष्णु छिमेकी, सुरेशचन्द्र अधिकारी, नवराज ढकाल, हरि प्रसाद अधिकारीलाई सम्मान पत्रले सम्मान गरिएको थियो।
 
कार्यक्रमको समापनमा बोल्दै पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीले आफ्नो नेतृत्वमा भएको कार्य प्रगति विवरण सार्वजनिक गर्दै आगामी दिनमा सबै पत्रकारहरुलाई समेटेर एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।
 
उनले कार्यक्रममा पाल्ने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु, सहयोग दाताहरु सबै सबैमा शुभ दिपावली र छठको शुभकामना व्यक्त गर्दै सधन्यवाद आभार व्यक्त गरे।