गठबन्धनमा शंका पैदा गर्ने काम नगरौं

-उमेश सिह कठायत

काठमाडौं।सत्ता गठवन्धनले गण्डकी प्रदेशकाे पोखरामा चुनावी कार्यक्रम सम्पन्न गरिएकाे छ। गण्डकी प्रदेशले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री सेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,समाजवादीका अध्यक्ष माधव कुमार नेपाल,जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीलगाएतका शिर्षनेताहरूले सम्बोधन गरेका थिए। 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानकाे रक्षा गर्न आजको समयमा गठवन्धन आवश्यक रहेको बताए ।उनले एक्लै चुनावमा जाँदा कुनै पनि पार्टीको बहुमत नआउने भएकाेले गठबन्धन गर्नु परेकाे बताए।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान नलिन गठवन्धनका नेता कार्यकर्तालाइ आग्रह गरेका छन्।

गठवन्धन गर्दा सबैले सबैकाे चुनाव चिन्हमा भाेट हाल्नु पर्छ र आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुने बताए।

उक्त कार्यक्रम सम्बोधन गर्दै समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सबै गठवन्धनका नेता कार्यकताहरूलाइ संका आशंका गर्न आग्रह गरेका छन्।  

उनले अहिलेको समयमा हाम्रो एकता देश र जनताको आवश्यकता अनुसार बनेकाे बताए।उनले मंसिर ४ मा हाम्रो गठवन्धन बहुमतले ल्याएर  सरकार बनाउने बताए ।

त्यस्तै जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले याे गठबन्धन मंसिर चारसम्म मात्र हाेइन याे गठबन्धन अजै ८ / १० बर्षसम्म जाने बताए। 

सत्ता गठवन्धनले लुम्बिनी प्रदेशको बुटवलमा पनि प्रशिक्षण कार्यक्रम राखेकाे थियाे।  बिराटनगर,जनकपुर ,धनगढी,सुर्खेत र काठमाडौंमा  कार्यक्रम गर्ने भएकाे छ। यसअघि सत्ता गठवन्धनले काठमाडौं २ र ललितपुरमा संयुक्त प्रशिक्षण कार्यक्रम गरेको थियो ।