उपभोक्ता संरक्षण विभागले गर्यो तीन सय १६ फर्मलाई कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन सय भन्दा बढी फर्मलाई कारबाही गरेको छ। आपूर्ति, अनुगमन तथा उपभोक्ता संरक्षण शाखाले तीन महिनाको अवधिमा तीन सय भन्दा बढी फर्मलाई कारबाही जनाएको छ। विभागले गत साउनदेखि कात्तिक ६ गतेसम्मको अवधिमा तीन सय १६ वटा फर्मलाई कारबाही गरेको हो ।

विभागले यस अवधिमा एक हजार ४ सय २६ वटा फर्ममा अनुगमन गरेको थियो । जसमा ३१६ वटा फर्मलाई १ लाख एक हजार रुपैयाँ जरिवाना तिराएको हो।

कारबाहिमा सबैभन्दा बढी खाद्य वस्तु विक्री गर्ने फर्म परेका छन्। यस अवधिमा एक सय ४७ वटा खाद्य वस्तु बिक्री गर्ने फर्मलाई १८ लाख ४१ हजार रुपैयाँ जरिवाना तिराइएको छ। यसका साथै कपडा पसलदेखि फेन्सी पसलसम्म कारबाहिमा परेका छन्।

विभागका अनुसार गत साउन महिनादेखि हालसम्म अनुगमनका क्रममा ७२ वटा फर्मका वस्तु नष्ट गरिएको छ। जुन तीस लाख ९ हजार ५ सय ३१ रुपैयाँ जरिवाना गरिएको छ। यस अवधिमा विभागले ४१३ वटा फर्मको कागजात माग गरेको छ।