हेटौंडामा चक्कु प्रहारबाट १ जनाको निधन

सांकेतिक तस्वीर

काठमाडौं। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ कर्रापुल नजिकै अज्ञात व्यक्तिको चक्कु प्रहारबाट बुधबार राति एक युवक गम्भीर घाइते भएका छन्। स्थानीय २८ वर्षीय अजित लामा चक्कु प्रहारबाट घाइते भएका प्रहरीले जनाएको छ।

चक्कु प्रहार गर्ने युवक भने फरार रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार घाइते लामाको हेटौंडा अस्पतालमा प्राथमिक उपचारपछि भरतपुर रिफर गरिएको छ।

लामालाई चक्कु प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। चक्कु प्रहार गर्नेको पहिचान भने भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ।