चार महिने छोराको हत्या आरोपमा असई पक्राउ

काठमाडौं । आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।

काठमाडौंको सिनामङ्गलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा उनलाई नागढुङ्गाबाट पक्राउ गरिएको काठमाडौैं प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, ‘छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुङ्गाबाट पक्राउ गरेका छौँ, उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ।

जन्मदै ब्रेन ट्यूमर लिएर जन्मिएका छोराको उपचार गर्ने कुरामा श्रीमतीसँग झगडा हुँदा असइ कार्कीले कोठामै घाँटी थिचेर हत्या गरेका थिए । हत्याको थप कारणबारे अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।