साफ यू-१५ महिला च्याम्पियन: नेपाली टोलीको बिदाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ यू-१५ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरे ।

च्याम्पियनसिपका लागि नेपाली टोली शनिवारबंगलादेश प्रस्थान गर्ने एन्फाले जनाएको छ ।

साफ यू-१५ महिला च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् ।

डबल राउण्ड रोविन लिगका आधारमा खेलहरु हुनेछ । डबल राउन्ड रोबिन लिगपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले नोभेम्बर ३ मा भुटानसँग खेल्दै च्याम्पियनसिप सुरु गर्नेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगर छिन् भने सहायक प्रशिक्षकमा मंगल महर्जन, गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी छन् ।

नेपाली यू–१५ महिला टोली

गोलकिपर स् राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल

डिफेन्डर -सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही

मिडफिल्डर- सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन

फरवार्ड-दीपा रोकाया (कप्तान), समीक्षा मगर, वर्षा ओली, सेनु परियार