पौने ४ लाख पर्यटक भित्रिए

काठमाडौं । सन् २०२२ को जनावरीदेखि अक्टोबरसम्मको १० महिनामा पौने ४ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार अंग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म ४ लाख ७३ हजार ५ सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

तथ्यांकअनुसार अक्टोबरमा मात्रै ८८ हजार ५ सय ८२ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमनको दर यो वर्षको हालसम्मकै बढी संख्या हो ।

यसअघि अप्रिलमा सबैभन्दा बढी ६१ हजार ५ सय ८९ पर्यटक नेपाल भित्रिएका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।