देशलाई देउवा, प्रचण्ड र ओलीले बर्बाद बनाए,विकास र समृद्धि संसदीय व्यवस्थाबाट सम्भव छैन: अध्यक्ष हरिकृष्ण गजुरेल

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा एक टेलिभिजनमा अन्तरवार्ता दिदै उनले भनेका छन्, याे संसदीय व्यवस्थाले देशलाइ गति दिन सक्दैन ,याे देशमा विकास र समृद्धि संसदीय व्यवस्थाबाट सम्भव नै छैन त्यही भएर हामीले विगतदेखि नै निर्वाचन बहिष्कार गर्दै आएकाे उनले बताएका छन्।

उनले भने हामीले याे संसदीय व्यवस्था ल्याउनलाइ जनयुद्ध लडेका थिए नाै तत्कालिन नेतृत्व प्रचण्ड,बाबुरामहरूले जनयुद्ध माथि गद्दारी गरेर अन्तत यही संसदीय व्यवस्था सामु लम्पसार परेर जनतालाइ ठूलाे धाेका दिएकाे बताएका छन्। 

याे देशमा संसदीय व्यवस्थाले कहिले पनि विकस र समृद्धि हुदैन त्यसैले अब याे निर्वाचन बहिष्कार गरेर जनगणतन्त्र स्थापना गर्न सबै नेपाली जनता एक ठाउँमा आउनु पर्ने अध्यक्ष गजुरेलले बताएका छन्। 

उनले भने संसदीय राजनितिक दलहरूले घाेषणा पत्रमा हावादारी, बकम्फुसे कुरा लेख्दैमा देशमा विकास र समृद्धि कदापी हुँदैन विगतमा पनि जनता झुक्काउने यस्ता घाेषणा पत्र धेरै नै आएका थिए। त्यसैले घाेषणा पत्र ल्याउदैमा देशमा विकास र समृद्धि हुँदैन अब जनताले विकास गर्न  केही विकल्प खाेज्ने बेला भएकाे बताए।  

 याे निर्वाचनले मुलुकलाई निकास होइन, थप द् न्द्वमा धकेल्ने, राष्ट्रघाती र जनघातीहरुलाई अझ मजबुत पार्ने हुँदा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, युवा, किसान, मजदूर, महिलालगायत सबैलाइ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सशक्त ,सक्रिय बहिष्कार गर्ने अध्यक्ष गजुरेलले बताएका छन्।

उनले भने चरमरुपमा स्रोत र साधनको दुरुपयोग गर्ने, प्रतिक्रियावादी र भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चरम दलाली र राष्ट्रियता माथि गद्दारी गर्नेहरुविरुद्ध भण्डाफोर गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सशक्त बहिष्कार गर्ने बताएका छन्।  

उनले भने देउवा, प्रचण्ड  र ओलीले देशलाई निकास हैन बर्बाद तर्फ लग्दै छन्,त्यसैले अब जनताकाे रक्षा गर्न सम्पूर्ण देशभक्तहरू क्रान्तिकारीहरू एक ठाउँमा आएर याे संसदीय व्यवस्था फालेर जनताकाे अधिकार सुनिश्चित गर्न अगाडी बढ्नु पर्ने बेला आएकाे बताएका छन्।   

उनले भने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूले अब एकपटक देशमा रहेका माफिया,दलाल र तस्करहरूलाइ ठेगान लगाउन याे संसदीय निर्वाचन सक्रिय बहिष्कार गर्न आग्रह गरेका छन्। 

अहिलेको मक्किएको संसदीय व्यवस्थालाइ फालेर संघीय जनगणतन्त्र स्थापना गर्दै जनताको अधिकार स्थापना गर्न सबैको आवश्यकता रहेको नेता गजुरेलले बताएका छन्।

त्यस्तै भ्रष्टचारी,दलाली र माफियाहरूको विरुद्धमा नेकपा (क्रान्तिकारी माओवादी)ले सधै अगाडि रहने उनले अन्तर्वार्ताको क्रममा बताएका छन्।

उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सक्रिय बहिष्कार गर्दै दलाल,तस्करहरूलाइ गाउँ-गाउँबाट खेदाैं र नेपालमा आन्दाेलनकाे वातावरण तयार गर्दै विद्राेहकाे लागि तयार रहन सबै युवाहरूलाइ आग्रह गरेका छन्।