अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य विरेन्द्र नेपाली पक्राउ

काठमाडौ। नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) निकट अखिल (क्रान्तिकारी)का नेता विरेन्द्र नेपाली पक्राउ परेका छन्।

आज विहान शान्तिपूर्ण रूपमा निर्वाचन बहिष्कार कार्यमा लागेका नेपाली त्रिचन्द्र क्याम्पसबाट पक्राउ गरिएको संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिएका छन्।

उनले भने आगामी मङ्सिर ४ गते हुने संसदीय निर्वाचन लाई सक्रिय बहिस्कार÷अवज्ञा गर्ने पार्टीको निर्णय अनुसार विद्यार्थीहरूले पनि बहिष्कार गरि रहेको बताए। उनले भने शान्तिपूर्ण रूपमा निर्वाचन बहिष्कार गर्दा राज्य दमन गर्छ भने त्यसको प्रतिकार गर्न तयार छाैं।

सोहीअनुरुप शान्तिपूर्ण ढङ्गले संसदीय चुनाव बहिष्कार÷अवज्ञाको प्रचारप्रसार गर्दै गर्दा ने.क.पा. (बहुमत) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य वीरेन्द्र नेपालीलाई  त्रि–चन्द्र क्याम्पस, घण्टाघर, काठमाडौंबाट गिरफ्तार गरिएकोमा तत्काल रिहाइ गर्न माग गरिएकाे छ।   

 नेपालीलाई  रिहाइ नगरिए  थप सङ्घर्षका कार्यक्रमहरु घाेषणा गर्ने  अखिल क्रान्तिकारीले जनाएकाे छ।