नेपाल टेलिकमले ३ महिनामै कमायो ११ अर्ब बढी,पहिलेको भन्दा झन्डै ८८ करोडको वृद्धि

काठमाडौं ।नेपाल टेलिकमले चालु आवको पहिलो त्रैमासमा कुल ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ।

टेलिकमले आज सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार कम्पनीले चालु आवको पहिलो त्रैमासमा आम्दानी ८ करोड ७७ लाख ४४ हजार रुपैयाँ आम्दानी बढाउन सफल भएको देखिएकोछ।

कम्पनीले बैंकमा राखेको रकमको ब्याज लगायतका अन्य आम्दानी बढेसँगै आम्दानी बढाएको हो। तर टेलिकमको मुख्य व्यवसाय ग्राहक सेवाको आम्दानी भने घटेको छ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेकोमा चालु आवको सोहि अवधिमा ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ।

कम्पनीको आम्दानी मध्ये ग्राहक सेवाबाट हुने आम्दानी भने घटेको छ । चालु आवको पहिलो त्रैमासमा टेलिकमले ९ अर्ब ७ करोड ७५ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ। जबकि गत आवको सोहि अवधिमा ग्राहकबाट हुने आम्दानी ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ रहेको थियो।

कम्पनीले अन्य आम्दानी भने बढाएको छ । जसअन्तरगत चालु आवको पहिलो त्रैमासमा अन्य आम्दानी १ अर्ब ९६ करोड २५ लाख ६ हजार रुपैयाँ रहेको छ।

सरकारी टेलिकमको सो अवधिको नाफा पनि घटेको देखिएको छ। कम्पनीले चालु आवको पहिलो त्रैमासमा २ अर्ब २२ करोड ५५ लाख ७ हजार रुपैयाँ नाफा गरेकोमा अघिल्लो आवको सोहि अवधिमा त्रैमासिक नाफा २ अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ रहेको थियो।

आम्दानी र नाफा घटेसँगै कम्पनीको प्रति शेयर आम्दानी समेत घटेर ४९.४६ रुपैयाँमा पुगेको छ जबकि गत आवमा टेलिकमको प्रति शेयर आम्दानी ५०.२२ रुपैयाँ रहेको थियो।

कम्पनीले सो अवधिमा संचालन खर्च सेवा बिक्री तथा बजारीकरण, प्रशासनिक खर्च, लगायतका खर्चहरु बढाएसँगै नाफामा कमी आएको देखिन्छ।