निर्वाचनमा खटिएकी शिक्षिकाको निधन

सांकेतिक तस्वीर

काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिएकी एक कर्मचारीको निधन भएको छ।

धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुुसेटारको सिद्धेश्वरी आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएकी शिक्षिका पवित्रा याखा लिम्बुको निधन भएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुुभयो।

उच्च रक्तचापबाट पीडित रहेकी शिक्षिका मतदान केन्द्रमा सर्वदलिय बैठक चलिरहेका बेला अचानक बिरामी परेपछि उपचारका लागि लैजाँदै गर्दा बाटैमा निधन भएको प्रहरीले जनाएको छ।