क्रान्तिकारी माओवादी सम्बद्ध संयुक्त जबस मोर्चाहरूले भोली निर्वाचान आयोग घेराउ गर्छौं: अध्यक्ष हरिकृष्ण गजुरेल

काठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जबस मोर्चाको संयुक्त आयोजनामा भोली निर्वाचान आयोग घेराउ गर्ने भएका छन्।

भोली दिउँसो १२ बजे आयोग घेराउ गर्ने अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिएका छन्।

यो संसदीय निर्वाचन जनताको पक्षमा नभइ महँगी,लुट,हत्या, वेरोजगारी बढाउने भएकाेले त्यसकाे विकल्प खाेज्न निर्वाचन बहिष्कार कार्यक्रम थप प्रभावकारी बनाउन लागिएकाे अध्यक्ष गजुरेलले बताए। त्यस्तै अहिलेका दलाल शासकहरु सत्तामा पुग्न र टिकिरहनका लागि विदेशीको गुलामी बन्ने गरेको अध्यक्ष गजुरेलले आरोप समेत लगाए।

 उनले भने ४ गते हुने संसदीय निर्वाचनमा दलाल,तस्कर,भष्ट, ठेकेदार र माफिया उमेदवारहरुविरूद्ध आम जनसमुदायलाइ बहिष्कार गर्न  अध्यक्ष गजुरेलले आग्रह समेत गरेका छन्। 

त्यस्तै संसदीय निर्वाचनले मुलुकलाई निकास होइन, थप द्वन्द्वमा धकेल्ने, शैक्षिक माफिया, राष्ट्रघाती र जनघातीहरुलाई अझ मजबुत पार्ने हुँदा सम्पूर्ण विद्यार्थी,शिक्षक,अभिभावक,युवा, किसान, मजदूर, महिलालगायत आम जनसमुदायलाई  ४ गते हुने संसदीय निर्वाचनलाई सक्रिय बहिष्कार गर्न आग्रह गरे। 

 पार्टीको नीतिअनुसार नै आफूहरुले भाेली निर्वाचन बहिष्कारको क्रममा निर्वाचन आयाेग घेराउ गर्न लागिएकाे अध्यक्ष हरिकृष्ण गजुरेल बताए।

उहाँले अब क्रान्तिकारी शक्तिले संसदीय व्यवस्थाको विरोध र भण्डाफोर मात्रै नभएर विकल्प पनि दिनुपर्ने र याे संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र स्थापना गर्नु पर्ने अध्यक्ष गजुरेलले बताए। 

 संसदवादी पार्टीका नेता कार्यकर्तालाई भोट दिनु भनेको चोरलाई चौतारो दिनुजस्तै भएकाेले सम्पूर्ण  आम जनसमुदायलाइ याे व्यवस्था विरुद्धको संघर्षमा आउन अपिल गर्दछु अध्यक्ष गजुरेलले भने।