११५ वर्षकी मनरानीले गरिन् मतदान

काठमाडौं । पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ कि ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी हुन् ।

आइतबार उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते उल्लेख छ ।