देशभर कति स्थानमा भयो मतदान स्थगित ?

सांकेतिक तस्वीर

काठमाडौं । आइतबार भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा दिउँसो ३:३० बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

मतदान रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गराउने प्रयास भइरहेको निर्वाचन आयोगका एक अधिकारीले बताउनु भयो।

उहाँका अनुसार अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । अधिकांश स्थानमा राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद हुँदा मतदान स्थगित भएका हो ।