डडेल्धुरामा सागर ढकाल भन्दा देउवा दोब्बर मतले अगाडी

काठमाडौं। एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सुरुदेखि नै आफ्नो अग्रता कायमै राखेका छन्।

पछिल्लो मत परिणााम अनुसार नेपाली कांग्रेसका उम्मेदवार रहेका देउवा ६ हजार ३९९ मतका साथ अग्रता कायमै राखेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुराले सार्वजनिक गरेको मत परिणाम अनुसार उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार २७५ मतका साथ पछ्याइरहेका छन्।

नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्ल १ हजार ८२५ मतका साथ तेस्रो स्थानमा छन्।