जनताका अपेक्षा पूरा गर्छु: विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका बाचा पूरा गर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभामा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उहाँले, ‘रुपन्देहीका जनताले आफूलाई यसपटक पनि अनुमोदन गरेबाट विकासप्रति यहाँका मतदाताको आकाङ्क्षा झन् प्रकट भएको महसुस गरेको छु, जताका विकासका आकाङ्क्षा पूरा गर्नेछु भन्नुभयो ।

उहाँले रुपन्देही जिल्लासहित बृहत् लुम्बिनी क्षेत्रको व्यवस्थित र दीर्घकालीन विकासमा जोड दिने प्रतिबद्धता आफूले निर्वाचनका बेला जनतासँग गरेको र आगामी दिनमा अब सोही बमोजिम नै काम अघि बढाउने बताउनुभयो ।