बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

काठमाडौं । बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राखेका छन् ।

खसेको ६० हजार १५२ मध्ये २८ हजार ९१३ मत गणना हुँदा पाण्डेले १५ हजार ९ सय ६० मत पाउनु भएको छ। उनका प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १३ हजार ५ मत पाउनु भएको छ ।

उहाँहरुबीचको मतान्तर २ हजार ९ सय ५५ रहेको छ ।