एकीकृत समाजवादीबाट प्रतिनिधि सभाको निर्वाचनमा कुन प्रदेशमा कति जना निर्वाचित (नामावलीसहित)

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । बाजुरा, स्याङ्जा–२ र दोलखामा अहिले मतगणना जारी रहेको छ ।

प्रत्यक्षतर्फ अहिलेसम्म घोषित परिणामअनुसार नेकपा (एकीकृत समाजवादी) १० स्थानमा विजयी हुँदै चौथो स्थानमा रहेको छ ।

यी हुन् एकीकृत समाजवादीबाट विजयी उम्मेदवार 

मधेश प्रदेश

१- माधवकुमार नेपाल– रौतहट क्षेत्र नं. १
२-कृष्णकुमार श्रेष्ठ (किसान) – बारा क्षेत्र नं. ४

बागमती प्रदेश

३- राजेन्द्रप्रसाद पाण्डे – धादिङ क्षेत्र नं. १

लुम्बिनी प्रदेश

४- मेटमणि चौधरी – दाङ क्षेत्र नं. १

कर्णाली प्रदेश

५- प्रकाश बुढाथोकी (ज्वाला) – सल्यान
६- धनबहादुर बुढा मगर– डोल्पा
७- अम्बरबहादुर थापा – दैलेख क्षेत्र नं. १

सुदूरपश्चिम प्रदेश

८- शेरबहादुर कुँवर – अछाम क्षेत्र नं। १
९-  भानुभक्त जोशी – बझाङ
१०-प्रेमबहादुर आले – डोटी