बाजुरामा ३१ हजार मतगणना हुँदा बद्री पाण्डे ४ हजार ५ सय बढी मतान्तरले अगाडि

काठमाडौं । बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले लगातार अग्रता कायम राखेका छन् ।

खसेको ६० हजार १५२ मध्ये ३१ हजार १ सय ५२ मत गणना हुँदा पाण्डेले १७ हजार ८ सय ५५ मत पाउनु भएको छ। उनका प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १३ हजार २ सय ९७ मत पाउनु भएको छ ।

उहाँहरुबीचको मतान्तर ४ हजार ५ सय ५८ रहेको छ ।