जनमत पार्टीले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । जनमत पार्टीले समानुपातिकमा पठाउने सांसद छनोट गरेको छ।

बिहीबार बसेको उक्त पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जनाको नाम टुंगो लगाएको हो।

प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टी पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भएको छ।

जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो।

टुंग्याएको नामलाई अब निर्वाचन आयोगमा पठाइने छ। आयोगले समानुपातिक सिद्दान्त अनुसार मिले, नमिलेको जाँच गर्ने छ।