यी हुन् एमालेका १०४ जना समानुपातिक सांसद (नामावलीसहित)

काठमाडौं। नेकपा (एमाले) सचिवालयको १४ औं बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ समानुपातिकको सूची टुंगो लगाउँदै निर्वाचन आयोगमा बुझाएको छ ।

शनिबार बसेको बैठकले सूची तयार पारेको हो । त्यस्तै बैठकले पार्टीविरुद्धमा लागेको भन्दै केही सदस्यहरूलाई कारबाही गरेको छ ।

कारबाहीमा पर्नेहरूमा स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साह, केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह (रौतहट), कुन्दन कुशवाह (रौतहट), रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गंगा चौधरी (दाङ), टेकबहादुर बलम्पाकी मगर (महोत्तरी), केन्द्रीय निकायका वाङ्दी शेर्पा (ताप्लेजुङ), खेम सुवेदी (कञ्चनपुर), भक्तबहादुर अधिकारी (कञ्चनपुर), लक्ष्मी साह (कैलाली) रहेका छन् ।

नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा ३४ जना र सात प्रदेशसभामा ७० जना प्रदेशसभा सदस्य गरी १०४ जना निर्वाचित हुनुहुनेछ । प्रदेश–१ मा १५ जना, मधेश प्रदेशमा ८ जना, बागमतीमा–१४ जना, गण्डकीमा–१० जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ५ जना र सुदूरपश्चिममा–७ जना निर्वाचित भएका छन् ।

समानुपातिक सांसदको नामावली