गाउँपालिकाले आफ्नो क्षेत्राधिकारको प्रयोग गरी विकास गर्नुपर्छ: प्रधानमन्त्री देउवा

फाइल तस्वीर

काठमाडौँं । नेपाली काँंग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गाउँपालिका महासंघको तेस्रो महाधिवेशनको सम्बोधन गरेका छन्।

आइतबारबाट कमलादीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशनमा प्रधानमन्त्री देउवाले सम्बोधन गरेका हुन्।

उनले कार्यक्रममा समाजको लैंगिक हिंसा र बालविबाह हटाउनको लागि स्थानीय तहले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए।

उनले लैंगिक हिंसा र बालविबाह हटाएर स्थानीय तहको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख गरे।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गाउँपालिकालाई दिएको अधिकारको प्रयोग गरी जनताको आवश्यकता अनुसारको विकासको काम गर्न उनले निर्देशन दिए।

उनले गाउँपालिकाले क्षेत्राधिकारलाई मध्येनजर गरी स्थानीय जनताको माग र आवश्यकता पुरा हुने विश्वास व्यक्त गरे ।