क्रान्तिकारी माओवादी निकट अखिल(क्रान्तिकारी)का उपाध्यक्ष किरण कुमार अधिकारी थारूको निधन

काठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष किरण कुमार अधिकारी थारूको असामयिक निधन भएको छ।

लहान नगरपालिका वडा नं. २४ सिराहा जिल्ला घर भएका अधिकारी थारुको आज बिहान हृदयघातका कारण असामयिक निधन भएको थियाे भने उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ। 

उक्त संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले अत्यन्तै मर्माहत र स्तब्ध भएको भन्दै संगठनलाइ ठूलो क्षति पुगेको विज्ञप्ति मार्फत जनाएका छन्।

उहाँ  विद्यार्थी राजनितिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएकाे संगठनका अध्यक्ष गजुरेलले बताउनु भयाे । हाम्राे संगठनलाइ ठूलाे क्षति पुगेकाेछ एक सच्चा क्रान्तिकारी याेद्धा गुमाउदा संगठनलाइ अपूर्ण क्षति पुगेकाे छ।