संसदमा ३२ सिट भएका प्रचण्डले किन प्रधानमन्त्री र राष्ट्रपतिको दाबी गर्दै छन्,यस्तो रहेछ कारण

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा आफ्नो पक्षमा ६० भन्दा बढी सिट भएको दाबी प्रस्तुत गरिरहेका छन्।

मंसिर ४ गते भएको आम निर्वाचनमा माओवादीले प्रत्यक्ष र समानुपातिकमा गरी जम्मा ३२ सिट मात्रै ल्याएको हो। यस्तै प्रचण्डले आफ्नो पक्षमा ६० सिट सुरक्षित भएको भन्दै गठबन्धनबाट पहिलो चरणमै सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएका छन्।

यता नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच चुनावपछिको नयाँ सरकारको नेतृत्व प्रचण्डले गर्ने भद्र सहमति भएको दाबी गरिँदै आएको छ।

र, संसदीय चुनावको अंकगणितमा माओवादी थोरै सिटमा खुम्चिएपछि कांग्रेसले चुनावअघि भएको भद्र सहमतिअनुसार प्रचण्डलाई प्रधानमन्त्री दिन आनाकानी गर्दै आएको छ ।

त्यतिमात्रै होइन, कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफूले पाउनुपर्ने अडान राखेको छ । यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री पद हरहालतमा लिन प्रचण्ड गृहकार्यमा जुटेका छन्।

गत मंसिर २८ गते कास्कीमा आयोजित एक कार्यक्रममा प्रचण्डले अब देशको नेतृत्व गर्ने अवस्थामा पुग्न लागेको जानकारी दिइए । अब मसँग धेरै समय छैन।

तपाईहरुको आशीर्वाद लाग्यो, तपाईहरुको माया र शुभकामनाले काम ग-यो भने मलाई लाग्छ म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु,’ प्रचण्डले भने, ‘अब देशको नेतृत्व गर्ने अवसर पाएमा अत्यन्तै राम्रो हुने अठोट गरेको छु।