विद्यार्थीलाइ संगठित गरेर आन्दोलनको आँधीबेरि ल्याउछौं:अध्यक्ष हरिकृष्ण गजुरेल

काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले संगठनका केन्द्रीय उपाध्यक्ष किरण कुमार अधिकारी थारुको श्रद्धाञ्जली कार्यक्रम आज ललितपुरको कुपोण्डोलमा सम्पन्न गरेको छ।

संठनका अध्यक्ष हरिकृष्ण गजुरेलले किरण कुमार अधिकारी थारुले देख्नु भएको क्रान्तिको सपना पुरा गरि छाड्ने बताएका छन्। उनले भने शिक्षा र स्वास्थ्य पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क र सर्वसुलभ गर्न संगठन सधै लड्न र भिड्न तयार रहेकाे बताए।  

त्यस्तै माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) नाम धारीको नक्कली संगठनले शिक्षा क्षेत्रमा लुट मचाएर वास्तविक अखिल (क्रान्तिकारी)को बेइजेत गरेको अध्यक्ष गजुरेलले आरोप लगाएका छन्।

अबका आउने दिनमा ९० लाख भन्दा बढी विद्यार्थीलाइ संगठित गरेर आन्दोलनको आधिबेरी सृर्जना गर्ने र हाम्रो संगठन सडक बाघकारूपमा अगाडी बढ्ने अध्यक्ष गजुरेलले बताए।

त्यस्तै दिवंगत अधिकारी थारुको फोटोमा माल्यार्पण नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेल, स्थायी समिति सदस्य रामसिंह श्रीस, पार्टी प्रवक्ता हरिभक्त कँडेल,पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेललगायतका पार्टी नेताहरु र विध्यार्थी नेताहरुले माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेका थिए।  

सिपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले र सञ्चालन महासचिव पेशल दाहालले गरेका थिए।  कार्यक्रममा दिवंगत किरणकुमार थारुको संक्षिप्त जीवनी संगठनकी उपाध्यक्ष शिलु न्यौपानेले राख्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि सिपी गजुरेल, अतिथिहरु रामसिंह श्रीस, हरिभक्त कँडेलले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो। सिरहाको लहानमा २०३७ कार्तिक ३ गते जन्मनुभएका विद्यार्थी नेता किरण कुमार थारुको हृदयघातका कारण २०७९ मंसिर २५ गते अल्पायुमै निधन भएको थियो।