कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि अहिले मतदान भइरहेको छ।

बुधबार बिहान ८ बजे सुरू हुनुपर्ने कांग्रेस संसदीय दलको निर्वाचन ५० मिनेट ढिला सुरू भएको पार्टीका प्रवक्ता डा। प्रकाश शरण महतले इमेजखबरलाई जानकारी दिनुभयो । मतदान बिहान १० बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।

मतदानस्थलमा मोबाइल लैजान नपाउने निर्णय गर्दै मतदान सुरू भएको हो।

दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा रहेका छन् ।

प्रधानमन्त्री एवं संसदीय दलका प्रतिस्पर्धी देउवा र अर्का प्रतिस्पर्धी थापाले मतदान गरिसक्नुभएको छ ।

अहिले प्रायः सबै सांसदहरू दलको कार्यालय परिसरमा सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित भइसकेका छन् ।

कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान सम्पन्न भए पश्चात बुधबार नै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ ।