आज यी ठाउँहरुमा वर्षा र हिमपातको सम्भावना

paniकाठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी र बागमतीका पहाडी भू–भागमा आंशिक बदली छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन महाशाखाले गरेको छ । हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सोमबार मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।