युवायुवतीहरूलाई विदेश जान बाध्य पारेर दलालहरु मस्तमा छन्: अध्यक्ष हरिकृष्ण गजुरेल

hariकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला कार्य समिति,माेहत्तरीले बर्दिबास नगरपालिका -१ बरगाछिटोल स्थायी निवासी तथा तथा नेकपा (क्रान्तिकारी माओवादी)का साेहि जिल्लाका जिल्ला कमिटि सदस्य कमरेड प्रेम भुजेलका छोरा प्रकृति भुजेल गत बर्ष सवारी दुर्घटनामा परि साउदी अरवमा मृत्युभएकाे थियाे।

 १९ गते बर्दिबास ,बरगाछिटोल महाेत्तरीमा प्रकृति भुजेलकाे श्रद्धाञ्जली कार्यलय सम्पन्न भएकाे छ।

उक्त श्रद्धाञ्जली कार्यक्रम क.विशाल काे अध्यक्षता रहेकाे थियाे भने कार्यक्रमा ने.क.पा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, ने.क.पा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य महेश, अखिल(क्रान्तिकारी) कि केन्द्रीय उपाध्यक्ष शीलु न्याैपाने, बहुमत केन्द्रीय सदस्य मुमाम सिहं लयायत स्थानिय नेताहरकाे समेत उपस्थित रहेकाे थियाे।

उक्त कार्यक्रममा जिल्ला नेता क. प्रेम भुजेलले मेरा छोरा प्रकृति जस्ता हजाराै छोराछोरीले देशमा युवा जनशक्ति लाइ देशमा स्वराेजगार राज्यले दिन नसकेकाे र विदेश लखेटीनु पर्ने र अकालमा नै बाकसमा फर्किनु पर्ने बाध्यता रहेकाे छ।

बताउनु भयाे त्यसतै ने.क.पा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य महेश यादवले काम गर्ने क्षमता रहुन्जेल बिदेशमा नै राख्ने र पछि बेकम्मा भएपछि स्वदेश लखाटिदिने बाध्यता खेपन्नुपरेकाे र सरकार बेकम्मा वनेर बसेकाे छ।

देश र समाजका लागि काम गर्ने युवा आज अकालमा मृत्युकाे मुखमा धकेल्ने काम राज्यले गरेकाे बताउनु भयाे ।

यस्तै ने.क.पा (क्रान्तिकारी माओवादी) नेता हरिकृष्ण गजुरेलले शाेक लाइ शक्तिमा रुपान्तरण गर्दै प्रकृतिले बोकेका सपनाहरू पुरा गराएर परिवारका सदस्य लाग्नु पर्ने बताउनु भयाे।

युवा युवतीहरु विदेशमा पठ्ठाएर देशका दलालहरु आलिसान जीवन शैलिमा रमाएर आफू चल्ने गरेकाे र खाडी लगायत विदेशिन बाध्य पारिएका युवायुवती अकालमै बाकसमा फिर्ता हुनुपर्ने बताउनु भयाे।