त्रिविको चरम ब्यथिति र लापरबाहीविरुद्ध अखिल(क्रान्तिकारी)को विरोध प्रदर्शन (भिडियाे सहित)

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल (क्रान्तिकारी)ले आज त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयमा विरोध प्रदर्शन गरेको छ।

परिक्षा नियन्त्रण कार्यलयको चरम ब्यथिति र लापरबाही विरुद्ध प्रदर्शन गरिएको अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो।

विश्वविद्यालयको व्यथिति र लापरबाही रोक्न आज शान्तिपूर्ण तरिकाले विरोध गरेका छौं त्यति गर्दा पनि सुनुवाइ नभए प्रमुख परिक्षा नियन्त्रकलाइ सडकमा ल्याएर पर्छाने अध्यक्ष गजुरेलले चातावनी दिएका छन्।

लाखौं विद्यार्थीको भविष्य अन्योलमा पार्ने जोकोही भएपनि कारबाहीको दाहेरामा ल्याउने अध्यक्ष गजुरेलले बताए। अब हामी केही समय दिन्छौं त्यो समयमा विद्यार्थीका समस्या समाधान नभए चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने अध्यक्ष गजुरेलले बताए।

आज हामीले उप परिक्षा नियन्त्रकलाइ भटेर सबै विषयमा जानकारी गराएका छौ आगामी दिनमा यस्ता कार्य नगर्न सचेत समेत गराएको अध्यक्ष गजुरेलले बताए।

विद्यार्थीको परिक्षा लिएको एक बर्षपछि फेरि परिक्षा दिन भन्दै त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले केही दिन अगाडी मात्र विद्यार्थीलाइ एसएमएस गरेर परिक्षा दिन भनेको अध्यक्ष गजुरेलले बताए। सो विषयमा चरम लापरबाही भएको भन्दै थिद्यार्थी संगठनहरू आन्दोलित भएकाे उनले भने।  

झापाका ५२ जना विद्यार्थीहरूकाे भविष्य माथि खेलबाड गरेर त्रिविले मजाक गरेकाे अध्यक्ष गजुरेलले बताए। केही दिन भित्र समस्या समाधान नभए नियन्त्रक पुष्प जाेशीलाइ कडा कारबाही गर्ने चेतावनी दिएका छन्। 

विद्यार्थीको भविष्य अन्योल पारेर बस्ने छुट कसैलाइ नभएको र थापाथलिको इन्जिनियरिङ कलेजमा ३० लाखकाे चेक समेत हराएको भन्ने खबरहरू आइरहेका छन् याे भन्दा ठूलाे अरू के लापरबाही हुन्सक्छ गजुरेलले भने। 

उक्त कार्यक्रममा अखिल क्रान्तिकारी की उपाध्यक्ष शिलु न्याैपानेले त्रिविमा देखिएकाे व्यथितिविरूद्ध सबै विद्यार्थी एकभएर लड्ने्र बेला आएकाे र आज शान्तिपूर्ण विराेध प्रदर्शन मात्र गरेका छाैं यस्ता व्यथिति बढ्दै गए थप आन्दोलन गर्ने चेतावनी दिएकी छन्।

उक्त कार्यक्रमकाे संञ्चालन महासचिव पेशल दाहालले गरेका थिए भने उक्त कार्यक्रममा सचिव महेश श्रेष्ठ, सचिव राम वि.क लगायतका केन्द्रीय विद्यार्थी नेताहरूकाे उपस्थिति रहे्रकाे थयाे।   

अखिल (क्रान्तिकारी)ले आज परिक्षा नियन्त्रण कार्यलयको गेट बल्खुमा विरोध प्रदर्शन गरेकाे थियाे।