पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ।निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३र३ रुपैयाँ घटाएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने उच्च दरले घटाएको छ।वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ।

अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ।