अबदेखि मौरीलाई पनि खोप दिइने

काठमाडौं ।पछिल्लो समयमा मौरीहरुले केहि असहज परिस्थितिहरुको सामना गरिरहेको र असामान्य अवस्थाहरु झेलिरहेको बताइएको छ।

जलवायु परिवर्तन, वासस्थानको विनास, विषदीको प्रयोग र रोगहरुले कमजोर हुनु लगायत कारणहरुले गर्दा यस धर्तिको महत्वपूर्ण पोलिनेटर्सहरु मध्येको एक मानिएको मौरीहरुको संख्यामा हालका वर्षहरुमा नाटकीय रुपमा कमी आएको बताइएको छ।

मौरीहरुले सामना गरिरहेका उक्त नकरात्मक स्थितिहरुले गर्दा मानवजातीहरुलाई नै नोक्सानी हुने आकलन काटिएको छ।

अमेरिकामा खपत र उत्पादन हुने करिब एक तिहाइ फलफूलहरुका लागि मौरीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने इनग्याजेडले उल्लेख गरेको छ।

कृषकहरुका लागि खुशीको खबरको रुपमा मौरीहरुका लागि असर पारि रहेका समस्याहरु मध्य एकको अब समाधान हुनेछ।

यस हप्ता अमेरिकी कृषि विभागले पहिलो पटक किराहरुका लागि खोपलाई शसर्त स्वीकृति प्रदान गरेको बताइएको छ। ड्यालन एनिमल हेल्थ नामक बायोटेक फर्मलले मौरीहरुलाई अमेरिकन फउलब्रुड रोगबाट जोगाउनका निम्ति हालै एक प्रोफिल्याक्टिक खोप विकाश गरेको बताइएको छ। उक्त औषधिमा रोग निम्त्याउने डेड पेनिबसिलस लार्भा समावेश गरिएको छ।

उक्त औषधीलाई कर्मी मौरीहरुको खाने कुरामा मिश्रित गरी घारभित्रको रानी मौरी सम्म पुर्याइने हुनाले माहुरी पालकहरुले प्रत्येक मौरीलाई संसारको सबैभन्दा सानौ सिरिन्जले सुई लगाउनु भने नपर्ने उललेख गरिएको छ। त्यसपश्चात उक्त भ्याक्सिन रोयल जेलीमा प्रवेश गरी ड्रोनहरुले आफ्नो रानीलाई खुवाउने छन् भनी बताइएको छ। उक्त औषधीको सेवन पश्चात रानी मौरीले जन्माउने सन्तानहरु भने हानिकारक ब्याक्टेरिया विरुद्ध केही प्रतिरक्षाको साथ जन्मिने दाबी गरिएको छ।

मौरीको रोगको रोकथामको लागि थालनि गरिएको उक्त उपचारले एक सफल फड्को मारेको बताइएको छ। विगतमा भने वैज्ञानिकहरुले किराहरुले पनि मानव र अन्य जिव–जन्तु सरह एन्टिबडीहरु उत्पादन गर्न नसक्ने भएका हुनाले किराहरुमा रोग प्रतिरेधात्मक निर्माण गर्न सक्ने क्षमता नभएको र उक्त कुरा असम्भव रहेको भनी सोच्ने गरेको द न्यू योर्क टाईम्सले उल्लेख गरेको छ। यद्यपि मौरीमा प्रतिरक्षा प्रतिक्रियालाई प्रम्प्ट गर्ने प्रोटिनको पहिचान पश्चात भने रिसर्चरहरुले एउटै रानीको माध्यमबाट सम्पूर्ण घारको रक्षा गर्न सकिने रहेछ भनी महसुस गरेको बताइएको छ।

अमेरिकन फाउलब्रडको खोप मानवीय उपचार पनि भएको बताइएको छ। अमेरिकन फउलब्रुडका कारण ६० हजार मौरीको कोलानी एकै पटकमा सखाप हुने बताइएको छ। साथै कृषकहरुको लागि उक्त रोगको विकल्प भनेको इन्फेक्टेड घारहरुलाई जलाएर नष्ट गर्नेू बाहेक अन्य विकल्प थिएन।

कम्पनीले भ्याक्सिनलाई मौरीको सुरक्षा र अन्य उपचारका लागि खाकाको रुपमा प्रयोग गर्ने अपेक्षा गरिएको ड्यालन एनिमल हेल्थ फर्मकी सीईओ डा। एनेट क्लेजरले द टाइम्सलाई बताएको उल्लेक गरिएको छ। साथै मौरीहरु पनि कुखुरा, बिरालो, कुकुर लगायत अन्य लाइभस्टकहरु जस्तै भएको हुनाले मौरीहरुको पनि अन्य लाइभस्टकहरु सरह हेरचाह र संरक्षण गर्नू पर्ने र त्यसको निम्ति आधुनिक उपकरणहरुको आवश्यक रहेको क्लेजरले बताए। त्यसैगरी क्लेजरले अब उद्योग परिवर्तन हुने बारेमा आफू वास्तवमै आशावादी रहेको उल्लेख गरिएको छ।