शेयर बजार ४७.१५ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ दशमलव १५ अंकले बढेर दुई हजार दुई सय ११ दशमलव ७६ विन्दुमा कायम भएको हो ।

आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता शेयर पाँच अर्ब ३१ करोड ४३ लाख सात हजार आठ सय ५३ रुपैयाँमा कारोबार भएको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण ३१ खर्ब ९३ अर्ब २१ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

आज होटल तथा पर्यटन समूहको उपसूचक २३ दशमलव ९२ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेका छन् ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३७ दशमलव ६१ अंक र जीवन बीमा समूहको उपसूचक एक सय ७८ दशमलव ६७ अंकले बढेको छ ।

यस्तै बैंकिङ समूह २९ दशमलव २२, विकास बैंक समूह एक सय २४ दशमलव २७, वित्त समूह ४९ दशमलव २४ र जलविद्युत् समूह एक सय २२ दशमलव ६१ अंकले बढेको छ ।

त्यस्तै लगानी समूह एक दशमलव ७६, उत्पादन समूह दुई दशमलव २६, लघुवित्त समूह नौ दशमलव ४९, म्युचुअल फन्ड समूह शून्य दशमलव २६, व्यापार समूह ७५ दशमलव ५८ अंक र अन्य समूह २९ दशमलव ६६ अंकले बढेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर कम्पनी लिमिटेड, हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडलगायत एक दर्जन कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

साथै स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य तीन दशमलव ५७ प्रतिशत घटेको छ ।

आजको कारोबारमा रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै २० करोड १७ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएको शेयर संख्याका आधारमा न्यादी ग्रुप पावर कम्पनी लिमिटेड अगाडि छ । कम्पनीको पाँच लाख ६० हजार ४७ कित्ता शेयर कारोबार भएको छ ।