सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा पाँच वर्षे प्रगति विवरण प्रस्तुत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो पाँच वर्षे कार्यकालको प्रगति विवरण प्रस्तुत गर्नुभएको छ ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले संरचना र कर्मचारीको अभावकाबीच थुप्रै काम भएको दाबी गर्नुभयो ।

उहाँले आफ्नो कार्यकालमा संघीयताको जग बसाल्ने काम भएको भन्दै उहाँले जिल्ला सदरमुकामसम्म पनि सडक पुग्न नसकेको अवस्थामा अहिले ४ सय किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरेको दाबी गर्नुभयो ।