सुदूरपश्चिममा सभामुख चयनका लागि आज अन्तिम दिन

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुख र उपसभामुख पदको चयनका लागि संविधानले दिएको समय सीमा सोमबार सकिंदै छ ।

प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको हो ।

सभामुख चयन हुन नसक्दा प्रदेश सभाले उपसभामुख पनि पाएको छैन ।

सभामुख चयनका लागि सोमबार पनि प्रदेश सभाको बैठक बोलाइएको सचिवालयले जनाएको छ ।

पोखरामा भएको विमान दुर्घटनामा सरकारले शोक बिदा दिएपनि सुदूरपश्चिममा भने संवैधानिक जटिलता उत्पन्न हुने भएकाले बैठक बस्नै पर्ने बाध्यता रहेको छ ।

प्रदेशमा सभामुख चयनमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सत्तारुढ गठबन्धनले सभामुख पाउन नसकेको हो ।