नेपालका विमानस्थल असुरक्षित, पाइलटलाई ठूलो चुनौति भएको अन्तर्राष्ट्रिय स्तरमा टिप्पणी

काठमाडौं । आइतबार भएको यती एयरको विमान दुर्घटनाले नेपाल मात्र नभइ अन्तर्राष्ट्रिय सञ्चरमाध्यहरुको समेत ध्यान खिचेको छ ।

हरेक पटकको हवाई दुर्घटनामा उठ्ने गरेको हवाई सुरक्षाका बारेमा क्रिया प्रतिक्रिया व्यक्त भएका छन् ।

कतिपय विदेशीले त सुरक्षाका कारण नेपाली हवाई सेवा उपभोग योग्य नभएको टिप्पणी गरेका छन् ।

पोखरामा भएको यती एयरको विमान दुर्घटना नेपालको आन्तरिक उडानको इतिहासमा नै सबैभन्दा ठूलो दुर्घटना हो ।

दुर्घटनमा चालक दलका ४ सदस्यसहित ६८ जना यात्रुले ज्यान गुमाउनुपर्‍यो । आन्तरिक उडानमा यति धेरै मानवीय क्षति भएको यो पहिलो दुर्घटना हो ।

जुन घटना राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय सञ्चार माध्यमको प्रमुख विषय भएको छ ।

उनीहरुले नेपालमा विमान दुर्घटना हुनुका कारण पनि खुलेर लेखेका छन् ।

आइतबार दिनभर सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमको मुख्य समाचार नै यही भयो ।

विश्वका अधिकांश सञ्चार माध्यमल चरम भ्रष्टाचार, पुराना विमान खरिद लगायत नै नेपालमा हुने विमान दुर्घटनाको मुख्य कारण भएको टिप्पणी गरेका छन् ।

फ्रान्सको टीएफ १ टेलीभिजनले भएको दुर्घटनालाई लिएर नेपाल विमानका लागि अति असुरक्षित विमानस्थल भएको टिप्पणी गरेको छ ।

यस्तै, सीएनएनले भौगोलिक दृष्टिले पनि नेपालका विमानस्थल असुरक्षित भएको र पाइलटहरुलाई ठूलो चुनौति भएको उल्लेख गरेको छ ।

यस्तै, अन्तर्राष्ट्रिय सञ्चर माध्यमले लेखेका समाचारमा प्रतिक्रिया दिँदै पाठकले आफु नेपालको विमानबाट भ्रमण गरिसकेको भन्दै नेपालको उडड्यन क्षेत्रमा चुनौति भएको टिप्पणी गरेका छन् ।

विमान दुर्घटनापछि आम नागरिकले पनि सामाजिक सञ्जालमार्फत सरकारलाई आक्रोश पोखेका छन् ।

धेरैजसोले विमान खरिदमा भ्रष्टाचार हुने गरेको, विमानको अवस्थाबारे सरकारले कम्पनिसँग जाँचबुझ गर्ने नगरेको र पुराना विमान खरिद गर्ने गरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् ।

यस्तै, नेपाली मात्र नभई छिमेकी राष्ट्र भारतका नागरिकले समेत टीप्पणी गरेका छन् ।

भारतिय नागरिक रघवेन्द्र शर्माले सामाजिक सञ्जालमार्फत नेपालका विमान नच्ढन सुझाब दिइका छन् ।

अझ भारतीय टेलिभिजन च्यानलहरुले पोखराको विमानस्थललाई चीनसँग जोडेर आफू अनुकूलको टिका टिप्पणी गरेका छन् ।

विमान दुर्घटनाले नेपाललाई खराब सुरक्षा रेकर्डमा मसला थपेको छ।

आरोप प्रत्यारोप, टिकाटिप्पणी आफ्ना ठाउँमा भए पनि नेपाललाई हवाई क्षेत्रको सुरक्षित गन्तव्य बनाउन सरकारले प्रभावकारी उपाय अबलम्बन गर्न जरुरी छ ।